सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्ने

२०७५, १२ फाल्गुन आईतवार १५:४१

विराटनगर, १२ फागुन । प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने तथा सहकारी ऐन ‘एकसँग सबै, सबैसँग एक’ भावनामा आधारित भएमा मात्र राज्य लाभान्वित हुने धारणा राखेका थिए ।

छलफलमा प्रदेशसभा सदस्यहरु अर्जुन राई, सञ्जाकुमारी दनुवार, सर्वध्वज साम्वा र सूर्यमाराज राईले भाग लिएका थिए ।