प्रधानमन्त्री ओलीद्वारा सांसद ओलीको निधनप्रति दुःख व्यक्त

२०७५ फाल्गुन १०,शुक्रबार १४:०१

काठमाडौँ १० फागुन । प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण पार्टी पंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् । गत माघ २३ गते सवारी दुर्घटनामा परी घाइते भएका ओलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।