प्रदेश नं. ५ का प्रदेशसभा सदस्य ओलीको निधन

२०७५ फाल्गुन १०,शुक्रबार १२:१६

रुपन्देही, १० फागुन । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको ३७ बर्षको उमेरमा आज बिहान निधन  भएको छ । गत माघ  दाङमा दुर्घटनामा परी घाइते ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।

उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडाँैमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ लैजाने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए ।

ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए । दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन् ।