आईसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित

२०७५ फाल्गुन ९,बिहीबार १६:०१

काठमाडौं ९ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको हो ।

गत महिना सम्पन्न ‘महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगिताको फाइनलमा पनि आयोजक थाइल्यान्डसँग ७० रनको फराकिलो अन्तरले पराजित हुँदै नेपाल ऐतिहासिक उपलब्धीबाट चुकेको थियो ।

थाइल्यान्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ५७ रन मात्र जोड्न सक्यो । इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् भने सीता रानामगरले ३४ बलमा १८ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।