मकवानपुर प्रहरीद्वारा २७३ किलो चरेशसहित २ जना पक्राउ

२०७५ फाल्गुन ९,बिहीबार १३:२३

मकवानपुर ९ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पबनकुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार कैलाश गाउँपालिका वडा नं. १ बाट चरेश र गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १ बस्ने ४३ वर्षिय मेवा भन्ने चन्द्र बहादुर घलान र धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ किरान्चोक तिनघरे बस्ने ३६ वर्षिय पशुपति भन्ने जिवन तामाङ्ग रहेका छन् ।

प्रहरीले घलानको घरबाट लागूऔषध चरेश २६७ पोकामा २७३ किलो र ५ वटा बोरामा १९० किलो चरेश बनाउन तयारी गाँजा धुलो बरामद गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध तयारी चरेशको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त लागूऔषतसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।