व्यवस्थित बनाइँदै दामनको सेल्फीडाँडा

२०७५ फाल्गुन ९,बिहीबार १२:४६

मकवानपुर ९ फागुन । पर्यटकीय केन्द्रै थाहानगर दामनमा पर्यटन प्रवद्र्धनका लागि स्थानिय एक भएका छन् । दामनबासी पर्यटकलाई आकर्षित गर्ने गरी भ्यु तथा भिजिन प्वाइन्ट निर्माण गरी दामनलाई दामी बनाउन एकजुट भएका छन् ।

दामन बजार व्यवस्थापन समिति तथा एभरेष्ट युुवा विकास क्लबको आयोजनामा दामनमा भएको भेलामा स्थानियले दामनमा पर्यटकलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा छलफल गरेका छन् । थाहानगर–४ का अध्यक्ष दिपक सिं प्रमुख आतिथ्यतामा भएको छलफल तथा भेलामा पार्वतीय बनस्पतिउद्याननजिक डाँडामा नगरपालिका र स्थानियको सक्रियतामा भ्यु प्वाइन्टसहित पूर्वाधार विकास गर्ने, दामन बजारकै छेवैमा रहेको अर्को डाँडामा शिव र बुद्ध मूर्ति राख्ने। द्यामन सेल्फीडाँडालाई थप व्यवस्थत बनाईने निर्णय भएको छ ।

सामाजिक विकासका लागि हातेमालो गर्न एभरेष्ट युवा विकास क्लब अध्यक्ष शिवकुमार खत्रीले अपिल गरे । दामन बजार व्यवस्थापन समितिका अधयक्ष टसी शेर्पा दामनमा पर्यटनलाई आकर्षित गर्ने क्षेत्र पहिचान तथा निर्माण र प्रवद्र्धन गरी आकर्षित गर्न दामनबासी लाग्नुपर्ने बताए । यसका लागि बजार व्यवस्थापन समितिले सक्रियता देखाउने उनले बताए । –आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।