तु खबरको बार्षिक उत्सव, चार जना पत्रकार पुरस्कृत हुने

२०७५, ८ फाल्गुन बुधबार १७:४५

मकवानपुर । स्टेट भिजन प्रा.लि हेटौंडाद्वारा सञ्चालित तु खबर डट कमले यहि फागुनमा आयोजना गर्न लागेको दोस्रो बार्षिक उत्सव समारोहमा चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

तु खबरले आफ्नो पहिलो बार्षिक उत्सवका क्रममा मकवानपुर जागरण अभियानद्वारा स्थापित म.जा तु खबर समकालिन पत्रकार पुरस्कार र म.जा तु खबर अग्रज पत्रकार पुरस्कार प्रदान गरेको थियो भने यस पटक थप दुई पुरस्कार दिइने आयोजक सस्थाका प्रधान सम्पादक गिरिजा अधिकारीले जानकारी दिए ।

उनका अनुसार, दोस्रो वार्षिक उत्सवका अवसरमा थप दुई जनालाई तु खबर अनलाइन पत्रकारिता पुरस्कार र तु खबर रेडियो प्राविधिक पत्रकारिता पुरस्कार दिइने छ । पत्रकारितामा क्रियाशील प्रदेश नं. ३ भित्रका पत्रकारलाई योगदानको कदर गर्दै पुरस्कारहरु प्रदान गर्न लागिएको हो ।

मकवानपुर जागरण अभियानका संयोजक कृष्णराज कोइरालाले दिएको जानकारी अनुसार, अघिल्लो बर्षमा झैँ यस बर्षपनि रु. ५ हजार राशीको म.जा समकालिन पत्रकार पुरस्कार र ११ हजारको म.जा तु खबर अग्रज पत्रकार पुरस्कारलाई यस बर्ष पनि निरन्तरता दिइने छ ।

तु खबर डट कम र अभियानबीच यि पुरस्कारहरु प्रदान गर्ने सम्झौता अघिल्लो बर्ष नै भएको थियो । यस बाहेक तु खबरले पनि जनही ५ हजार राशीको थप दुई पुरस्कार घोषणा गरेको हो ।

पुरस्कार छनौट समितिले केहीदिनभित्रै पुरस्कृत पत्रकारहरुको नाम निर्णय गर्ने आयोजकले जनाएको छ ।