तरुण दल ईन्द्रसरोवर गाउँपालिकास्तरीय बृहत् भेला

२०७५ फाल्गुन ७,मंगलवार १७:४०

मकवानपुर, ७ फागुन । नेपाल तरुण दल ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकास्तरीय बृहत तरुण भेला भएको छ । नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बृहत् तरुण भेला भएको हो ।

बृहत् तरुण भेलामा राप्रपा नेपालबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रसरोवर गाउँपालिकामा उपाध्यक्षको प्रत्यासी निर्मला तामाङ, वडा अध्यक्षका प्रत्यासी प्रताप लामासहित राप्रपा र नेकपा परित्याग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, तरुण दल मकवानपुर सभापति ईश्वर पाठक, कांग्रेस ईन्द्रसरोवर नेता विश्व लामाले मनतव्य व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा निर्मला लामाको संयोजकत्वमा १६ सदस्यीय नेपाल महिला संघ ईन्द्रसरोवर गाउँपालिका र अनुप बलामी कृष्णको अध्यक्षमा १९ सदस्यीय तरुण दल ईन्द्रसरोवर गाउँपालिका गठन गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिकाले छायाँ सरकार गठन गरेको छ । छायाँ सरकारको नेतामा विश्व लामालाई जिम्मेवारी तोकिएको छ । कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य शुसान्त श्रेष्ठ, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल नेता राजेश भेटवाल, तरुण जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी हाडा, सचिव सचित थापा, क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ र सञ्जय श्रेण्ठ, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण हेटौंडा उपमहानगर सभापति सुनिल गिरीलगायत पार्टी तथा तरुण नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।