कर्तव्य ज्यानमुद्धामा फरार मकवानपुरका विष्ट पक्राउ

२०७५ फाल्गुन १,बुधबार १२:०४

मकवानपुर १ फागुन । ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट खटिएको प्रहरी टोलिले मकवानपुर थाहा नगरपालिका वडा नं ३ शिखरबोट बजारबाट मंगलबार कर्तव्य ज्यानमुद्धामा फरार एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसामाडी घर भई हाल थाहा नगरपालिका वडा नं ३ घर्तिखोला बस्ने ३९ वर्षिय आशिस भन्ने ईश्वर विष्ट रहेका छन् ।

२०६१ साल माघ ७ गते हिउँ खेल्न सिमभञ्ज्याङ गएका विरोज लामालाई विष्टले कुटपिट गरी मारेको अभियोगमा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाले जन्मकैदको फैसला गरेको थियो ।

विष्टलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराएकोमा कैद भुुक्तानका लागि मंगलबार भीमफेदी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।