चेपाङलाई युवा नेता नवराज थिङले गरे आर्थिक सहयोग

२०७५ माघ २९,मंगलवार १७:१०

मकवानपुर २९ माघ । दुर्घटनामा परेर खुट्टा काट्न बाध्य भएका नेपाली कांग्रेसका साविक राक्सिराङ गाविस सभापति जितन चेपाङलाई तरुण दल मकवानपुरका युवा नेता नवराज थिङले आर्थिक सहयोग गरेका छन् । खुट्टा काटेर अस्पतलमै उपचारको क्रममा रहेका चेपाङलाई भेटेर थिङले नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

यसअघि उपचारको लागि भन्दै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पनि ५० हजार रुपैयाँ सहयोग गरेका थिए । पुष ९ गते मोटरसाइकल दुर्घटनामा घाईते भएपछि आर्थिक अभावको कारण घरमा थन्किएर बसेका उनलाई भेटेर कांग्रेस नेता बानियाँलगायतले राम्रो चिकित्सकलाई देखाएर आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था रहेको बताएपछि एक हप्ता अघि चिवतन लगेर चेपाङको खुट्टा काटिएको थियो । तरुण दल मकवानपुरका नेता थिङले चितवन पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक अभावमा रहेका चेपाङको थप उपचारमा समस्या भैरहेको उनको परिवारले जानकारी दिएको छ ।