कार्पेट गोदाममा आगोलागी हुँदा करिब ४ करोडको धनमाल नष्ट

२०७५, २८ माघ सोमबार १५:४३

काठमाडौं २८ माघ । ललितपुरको भैंसेपाटी–२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममो आगलागी भएको छ । उक्त आगलागी हुँदा करिब ४ करोड रुपैयाँ क्षति भएको छ ।

आईतबार दिउँसो करिब १ः०० बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।