नेविसंघका अध्यक्ष महरको राजीनामा दिने तयारी

२०७५ माघ २८,सोमबार १५:०९

काठमाडौं २८ माघ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएका छन् ।

काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् । नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ ।