मकवानपुर प्रहरीद्वारा १ सय ५२ किलो लागूऔषध गाँजा बरामद

२०७५ माघ २८,सोमबार १४:५१

मकवानपुर २८ माघ । ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको नेतृत्वमा खटिएको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा उक्त गाँजा आईतबार बरामद गरेको हो ।

मकवानपुर प्रहरीले सोही ठाउँका बस्ने माईला भन्ने मदन थोकरको घर खानतलासी गर्दा लागूऔषत गाँजा १ सय ११ किलो ग्राम र माईला स्याङबोको घर खानतलासी गर्दा लागूऔषत गाँजा ४१ किलोग्राम गरी जम्मा १ सय ५२ किलोग्राम लागुऔषध गाँजा फेलापारी बरामद गरीएको जनाएको छ । उक्त अपराधिक कार्यमा संलग्न फरार व्याक्तिहरुको खोजिकार्य तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।