बालिका बलात्कृत गर्ने ७० वर्षिय बृद्ध पक्राउ

२०७५ माघ २८,सोमबार १४:२४

बुटवल २८ माघ । खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक–पटक बलात्कार गर्ने ७० वर्षिय बृद्ध पक्राउ परेको छ । मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ वर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक–पटक बलात्कार गरेको बाबुसमक्ष पुगेर पीडितबाट उजुरी परे पछि उनलाई भारतको आशाम पुगेर पक्राउ गरेका हुन् ।