प्रथम उपमेयर कप भलिबल प्रतियोगीता आजबाट शुरु

२०७५ माघ २८,सोमबार १२:१८

मकवानपुर २८ माघ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ ।

आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन भएकी छिन् । प्रतियोगीतामा पुरुषतर्फ ९ वटा वडाले सहभागीता जनाउने छ भने महिलातर्फ ८ वटा टिमले सहभागीता जनाउने भएका छन् ।

उद्घाटन खेलमा महिलातर्फ वडा नं. ११ ले वडा नं. १२ को सामना गर्दैछ भने पुरुषतर्फ वडा नं. १७ ले वडा नं. १२ भिड्ने भएको छ । प्रतियोगीताको विधागत विजेताले ५०/५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । यसैगरी सेमिफाईनल खेलमा पुग्ने दुबै टिमले ५/५ हजार प्राप्त गर्नेछ भने विद्यागत उत्कृष्ट खेलाडीले पनि ५/५ हजार प्राप्त गर्नेछन् ।