नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका कार्यालय सचिव सिम्खडालाई पितृशोक

२०७५, २७ माघ आईतवार १८:२८

मकवानपुर २७ माघ । नयाँ शक्ति पार्टी नेपाल मकवानपुर जिल्ला समन्वय समितिका सचिव राजेन्द्र सिम्खडा (दारीबा) लाई पितृशोक परेको छ । उनका पिता बामदेब सिम्खडाको आज विहान निधन भएपछि सिम्खडा परिवारलाई पितृशोक परेको हो । ८२ बर्षका सिम्खडाको बिहान निधन भएको पत्रकार ध्रुवराज ढकालले जानकारी दिए ।

स्वर्गिय सिम्खडाको शवलार्ई पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कारका साथै श्रदान्जली अर्पण गरिएको छ ।
अन्तिम संस्कारमा मकवानपुरका पत्रकार, साहित्यकार, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु देखिएका थिए ।