पत्रकार बिष्टद्वारा पत्रकारमहासंघलाई १ लाखको किताब सहयोग

२०७५ माघ २७,आईतवार १७:३४

मकवानपुर २७ माघ । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई १ लाख ३ हजार बराबरको किताब सहयोग गरेका छन् ।

छोराको बिहेको भोज गर्ने पैसाले महासंघलाई २ सय ५९ वटा किताब खरिद गरि हस्तान्तरण गरिएको पत्रकार बिष्टले जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष कुमार (पोष्टराज) अधिकारी, सचिव गणेश दर्पण अधिकारीलगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।