हेटौंडामा आएर माधव नेपालले भने : नेकपाको सबैतहको एकिकरण छिट्टै हुन्छ

२०७५, २७ माघ आईतवार १४:०९

मकवानपुर २७ माघ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोजिबाट निकालेको ब्यक्ति संगठनको अध्यक्ष नहुने बताएका छन् । आज प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा उनले केहि समयभित्रै नेकपाको सबै तहमा एकिकरण हुने समेत दाबी गरे ।

उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको बताए । सबै तहको संगठन निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता भएपनि गाजीबाटै निकालेको व्यक्तीलाई भने नेतृत्व दिननहुने उनले बताए । संगठन निर्माणमा हतारिएर गोजिबाट निकालेको व्यक्तीलाई नेतृत्वदिँदा मुलुक जोखिममा पर्ने उनले बताए ।

उनले ओली सरकारको कमजोरी धेरै रहेकोले त्यसलाई सुधारगर्नुपर्ने धारणा पनि राखे । उनले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा छलफल हुने समेत बताए ।

त्यसैगरी उनले नेपाली काँग्रेसको विषयमा पनि प्रतिक्रिया दिँदै नेपाली कांग्रेस फ्रस्टेसनमा गएको बताए । आफ्नो तेताले भ्रष्ट्राचार गर्दाचैँ चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रबृत्ति काँग्रेसको ठिक नभएको उनले बताए ।
यद्यपी भ्रष्ट्राचार न्युनिकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भएको उनको धारणा थियो । प्रदेशको राजधानीको विषयमा भने नेपाल बोल्न चाहेनन् प्रदेश राजधानीको विषय प्रदेश सरकारको अधिकारको विषय भएकोल आफुले केही नबोल्ने उनले बताए ।