आगलागी पीडित मकवानपुरको लोप्चन परिवारलाई सहयोग प्राप्त

२०७५ माघ २६,शनिबार १७:४६

मकवानपुर २६ माघ । बाग्मती गाउँपालिका–८ स्थित धनसाईमा भएको आगालागी पिडित र्हक बहादुर लोप्चन परिवारलाई सहयोग प्राप्त भएको छ ।

स्थानिय व्यावसायी हेमन्त लामा र निर्मल हेल्थ क्लिनिका प्रोपाइटर निर्मल तिमल्सिनाले पिडित परिवारलाई घरैमै पुगेर २ बोरा चामल, नुन, तेल, दाल, चामल, भुजा सहयोग गरेका हुन् ।

माग २५ गतेका दिन भएको आगलागीबाट लोप्चनको घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा , नगद ३ लाख सहित १५ लाख बराबरको क्षति भएको थियो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका लोप्चन परिवारलाई सहयोग गरेको निर्मल हेल्थ क्लिनिका प्रोपाइटर निर्मल तिमल्सिनाले जानकारी दिए । उनले घाउमा मलम लगाउन सबैमा अनुरोध समेत गरेका छन् । पीडितले आफूहरुको घर पुनःनिर्माण गर्ने कुनै उपाय र आयस्रोत नभएकाले आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।