दामन र सिम्भञ्ज्याङमा फेरि हिमपात, पर्यटकको चहलपहल बिहानैबाट

२०७५ माघ २६,शनिबार ०६:५३

मकवानपुर २६ माघ । मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा फेरी हिमपात भएको छ । शुक्रबार दिनैभरी हल्का बर्षा भएको र त्यसपश्चात हिमपात भएको हो । थाहा नगरको दामन सिम्भञ्ज्याङ लगाएतका स्थानमा हिमपात भएको थाहानगरस्थित पत्रकार मञ्जरी बलामीले जानकारी दिईन् । उनका अनुसार हिमपातपछि सिम्भञ्जाङ र दामनको मौषम निकै चिसो छ । राती केहि समय हिमपात भएको र अहिले रोकिएको उनले बताईन् । फेदिगाउँ, भाङखोरिया, कोर्टथुम्की, दामन सिमभञ्ज्याङ लगाएतका स्थानमा अहिले पनि पानी परिरहेको उनको भनाई छ ।

बर्षेनी हिमपातपश्चात पर्यटकको चहलपहल बढ्ने दामनमा आज पनि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने संभावना अत्याधिक देखिन्छ । यद्यपि चिसोको कारण त्यहाँको जनजिवन भने कहि कष्टकर बनेको छ ।

यो बर्ष यसअधि पनि हिमपात भएको थियो । हिमपातमा पर्यटकहरुको चहलपहल सोचे अनुसार नदेखिएपनि आजबाट भने पर्यटकको चहलपहल बढ्ने विस्वास गरिएको छ । आज शनिवार पनि भएकोले थप मानिसको आगमन हुने विस्वास थाहानगरको छ । हिमपातको समयमा केहि होटेल व्यवसायीले कमाउधन्दा सुरु गरेको भन्ने समाचार आईरहेको समयमा त्यसलाई व्यवस्थित गर्न सरोकारवाला निकाय थन गम्भिर बन्न आवश्यक देखिन्छ ।