बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने

२०७५ माघ २४,बिहीबार १३:१८

मकवानपुर, २४ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने भएको छ ।

आज हुने फाईनल खेल बकैया गाउँपालिका वडा नं. ४ जुरेली खेलमैदानमा दिउँसो ३ः०० बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ ।

सेमिफाईनल खेलमा वडा नंबर ३ ले वडा नं. ५ लाई र वडा नं. ४ ले वडा नं. ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद ७५ हजार, उपविजेताले नगद ५० हजार र तृतिय स्थान हुनेले नगद २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।