भोलि शैक्षिक हड्ताल : ज्वाला

२०७५, २३ माघ बुधबार १७:०८

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ ।

मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ ।

विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ ।

यससँगै एनसेलले कर छली गरेकोमा पनि यो संघर्ष घोषणा गरिएको बताइएको छ ।