बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा वडा नं. ३ र  ४

२०७५ माघ २३,बुधबार १३:४१

मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा बकैया वडा नं. ३ र वडा नं.४ भिडने भएका छन् ।

सेमिफाईनल खेलमा वडा नंबर ३ ले ५ तथा ४ ले र ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल बिहिबार हुने आयोजकले जानकारी लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ७५ हजार, उपविजेताले नगद ५० हजार र तृतिय स्थान हुनेले नगद २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।