काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध, माघ २४ गतेसम्म बैठक स्थगित

२०७५, २२ माघ मंगलवार १६:५२

बुटवल २२ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ५ नम्बर प्रदेशसभा बैठक आज पनि अवरूद्ध गरेको छ । यसअघि १८ गते डा.गोविन्द केसीको मागको विषयलाई लिएर संसद अवरुद्ध गरेको काँग्रेसले आज प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो ।

३ महिना अगाडि समितिको संयोजकमा दीपेन्द्रकुमार पुन नियुक्त भएका थिए । तर समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्ब्याउन खोजको भन्दै बैठक अवरूद्ध अवरुद्ध गरेका हुन् ।

काँग्रेसको अवरोध पछि संसदको बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको छ ।