६५ किलो गाँजासहित मकवानपुरको एक जना पक्राउ

२०७५ माघ २१,सोमबार १४:०२

मकवानपुर २१ माघ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले लागूऔषत गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ८ स्थित चामे सिंह मोक्तान रहेका छन् ।

मोक्तानलाई लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा उनको घरमा रित पुर्वक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ६५ किलोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोक्तानलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।