मकवानपुरको कैलाशमा गाउँ जागरण अभियान

२०७५ माघ २०,आईतवार १६:५७

हेटौंडा, २० माघ । प्रगति लेखक सङ्गठनले कैलाश गाउँपालिकामा गाउँ जागरण अभियान गरेको छ । शनिबार गाउँपालिका–२ बैकुण्ठमा एक कार्यक्रमको आयोजना गर्दै सङ्गठनले अभियानको अन्तिम श्रृङ्खला सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका प्रदेशसभा सदस्य ओमबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौँडाबाट गएका साहित्यकारहरुले कैलाश गाउँपालिकाको वस्तुस्थित अध्ययन गरी स्थलगत कविता रचना तथा वाचन गरेको प्रगतिशिल लेखक सङ्घका कार्यबाहक अध्यक्ष सिएम रिमालले जानकारी दिए ।

कार्यक्रममा उन्मुक्त पुस्ता आन्दोलनका कवि मुक्तान थेवाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, सरस्वती आधारधूत विद्यालयका प्रधानाध्यापक, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।