बकैया गाउँपालिकाको श्रीपुरमा बृहत साँस्कृतिक कार्यक्रम

२०७५ माघ २०,आईतवार १०:४७

मकवानपुर २० माघ । बकैया गाउँपालिकाको श्रीपुरमा बृहत साँस्कृतिक कार्यक्रम गरि ल्होसार मनाइएको छ । तामाङ्ग बाहुल्यता रहेको बकैया गाउँपालिकाको श्रीपुरस्थित टासी छोल्तेन गुम्बामा रास्ट्रीय स्तरका तामाङ कलाकारहरुको विशेष प्रस्तुतीसहित कार्यक्रम गरिएको थियो ।

प्रदेश ३ सभा सदस्य माननीय प्रेमबहादुर पुलामीले उद्घाटन गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय सदस्य सुनिल मोक्तान, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, नेपाल तामाङ घेदुङ संघका जिल्ला अध्यक्ष लिलाकुमार घलानलगायतले पहिचानको साथै आफ्नो कला सस्कृतीको महत्व दर्शाउदै जगेर्ना गर्न हासी खुसी सद्भावका साथ मनाउन आग्रह गरेका थिए ।

घेदुङ संघका बकैया अध्यक्ष निरु तामङको सभादक्ष्यतामा भएको कार्यक्रममा धमाकेदार नृत्य तथा गायनका लागि तामाङ कलाकारहरु प्रतीक भोलन, सोयल लामा, मनोज बल, बबिता थिङलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।