महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामारसँग खेल्ने

२०७५ माघ १९,शनिबार १५:५२

काठमाडौँ, १९ माघ । भारतको भूवनेश्वरमा आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामार खेल्ने भएको छ ।

भारतीय फुटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्ने भएको हो । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासंघले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित इरान, म्यान्मा र आयोजक भारत सहभागी रहेका छन् । नेपालले दोस्रो खेलमा यही माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्ने छन् ।