सरकारी गाडी आगलागी प्रकरण : कास्की प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लियो

२०७५ माघ १९,शनिबार १२:१६

मकवानपुर १९ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी गाडीमा आगो लगाउने गिरोहमा संलग्न रहेको आशंका गर्दै ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

तु खबरले कास्कीका प्रहरी प्रमुख एसपी ओम रानासंग घटनाको विषयमा बुझ्दा उनले आफुहरुले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका छन् । अनुसँधान भईरहेकोले नाम भने भन्न नमिल्ने उनले बताए ।

भर्खरै पोखरा महानगरपालिका ७ मासबारमा अज्ञात समुहले गुडिरहेको सरकारी गाडीमा आगो लगाएर फरार भएका थिए । अज्ञात समूहले पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । आगलागिबाट गाडि पूर्ण क्षति भएको छ ।

घटनाको विषयमा थप जानकारी आउँन बाँकी छ ।