प्रदेशसभाबाट पाएको सुविधा सामाजिक काममा खर्च गर्न बाँनिया पुगे कैलाश गाउँपालिका

२०७५ माघ १९,शनिबार ११:१७

मकवानपुर १९ माघ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनियाले आज मकवानपुरको कैलाश गाउँपालिकामा निशुल्क कम्बल वितरण गर्ने भएका छन् ।

प्रदेशसभाबाट प्राप्त गरेको सबै सुविधा सामाजिक काममा खर्च गर्ने भन्दै बाँनियाले जाडो महिनाको अवसर पारेर कैलाश गाउँपालिका –४ घुस्राङ देउरालीमा निशुल्क कम्बल वितरण गर्ने भएका हुन् । उनले तु खबरसंग कुराकानी गर्दै त्यहाँका १ सय ६० घरमा निशुल्क कम्बल वितरण गर्न आफु जाँदै गरेको बताए ।

कम्बल वितरण कार्यक्रममा बाँनियासंगै नेपाली काँग्रेसका नगरसभापती आनन्दराम पराजुली, क्षेत्रिय सभापती लोक मोक्तान समेत सहभागि हुने पत्रकार सुजन विडारीले जानकारी दिए ।

प्रदेशसभाको सेवासुविधा सामाजिक काममा खर्च गर्ने भन्दै उनले आजभोली आफुलाई सामाजिक काममा सरिक गराउँदै आएका छन् ।