वर्षाका कारण खेल स्थगित

२०७५ माघ १८,शुक्रबार १५:१७

काठमाडौँ, १८ माघ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।

पकिस्तानको फैसलावादमा आज हुने भनिएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ ।

इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचाँै खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खल्न यही माघ १२ गते त्यसतर्फ गएको थियोे ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् भने प्रशिक्षकमा रिजन प्रजु रहेका छन् ।