अमेरिकामा जाडोको तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने

२०७५ माघ १७,बिहीबार १४:१२

काठमाडौं १७ माघ । अमेरिकामा दशकौंपछि सबैभन्दा बढी जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।

यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् । पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।

विद्यालय, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु बन्द छन् । मध्यपूर्व राज्यमा सयौंको संख्यामा उडानहरु रद्द भएका छन् । शिकागो शहरको तापक्रम शून्यदेखि ३० डिग्री सेल्सियस भन्दा पनि कम छ । शिकागोमा नदीसमेत जमेको छ । शहरका मेयरले घर बाहिर ननिस्किन शहरबासीलाई अपिल गरेका छन् ।