मकवानपुरको बकैयामा आजबाट ‘बकैया गोल्डकप’ सुरु, १२ टिमले सहभागी जनाउने

२०७५ माघ १७,बिहीबार ११:१९

मकवानपुर १७ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट ‘बकैया गोल्डकप’ सुरु हुने भएको छ । बकैया खेलकुद विकास समितिको आयोजनामा आयोजन गरिएको गोल्डकमा गाउँपालिकाका १२ टिमले सहभागि जनाउने भएको छ ।

‘बकैया गोल्डकप’ मा प्रथम टिमले नगद ७५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दास्रो हुने टिमले नगद ५० हजारसहित ट्रफि र प्रमाणपत्र र तेस्रो हुनेले नगद २५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् ।

बकैया गाउँपालिका वडा नम्बर ४ को जुरेली खेल मैदानमा हुने ‘बकैया गोल्डकप’ को उद्घाटन प्रदेश नम्बर तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गर्ने आयोजकले जनाएको छ ।