बाग्मती गाउँपालिकाको सोनाम ल्होसारमा सार्वजनिक विदा

२०७५ माघ १६,बुधबार ११:२२

मकवानपुर १६ माघ । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ वर्ष सोनाम ल्होसार पर्वको सार्वजनिक विदा दिएको छ । माघ ९ गते वडा अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले २८५५ औं सोनाम ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।

बाग्मती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ्ग समुदायको बसोबास रहेको छ । सोनाम ल्होसारका अवसरमा बिदा घोषणा गरेपछि स्थानीयबासीमा खुशी छाएको छ ।