गाई मारेको आरोपमा मकवानपुरका तीनजना पक्राउ

२०७५ माघ १५,मंगलवार १४:४०

मकवानपुर, १५ माघ । गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ का तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया–१२, निगालेका ५४ वर्षीय कृष्णबहादुर गोले, १८ वर्षीय विजय न्यासुर र १८ वर्षकै सुवाश टप्पु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो । गाई मार्नु नेपालमा अपराधको रुपमा रहेको छ । उनीहरुलाई अधिकतम ३ वर्षसम्म कैद हुनसक्ने ब्यवस्था समेत रहेको छ ।

गाई मारेको आरोपमा पक्राउ पर्नेहरुमाथी थप अनुसन्धान भैरहेको र उनीहरु यसअघि समेत गाई हत्याम संलग्न भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।