काँग्रेसका नेता बानियाँले गरे राक्सिराङका २ महिने बालकलाई उपचारको लागि आर्थिक सहयोग

२०७५ माघ १४,सोमबार १४:३७

मकवानपुर १४ माघ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका–२, कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् ।

बिगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग–२, कुडुलेका दुई महिने बालक योशेफ प्रजालाई उपचारमा सहज होस् भन्दै नेता बानियाँले २५ हजार रुपैयाँ कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानमार्फत प्रजाकी आमा सानुमायालाई हस्तान्तरण गरेका छन् ।

नेता बानियाँले आफु आउन नपाएपनि आर्थिक अभावका कारण उपचारमा कुनै कमी नहोस् भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई लागेको रकम नपुग भए आफूले उपलब्ध गराउने फोनमार्फत आग्रह गरे ।

त्यसैगरी बालक प्रजालाई सिविन बाल हेल्प लाईन हेटौडाका संयोजक झविन्द्र  ज्ञवालीले पनि विभिन्न सामाजिक अभियन्ताहरुबाट संकलन गरेको रकम १० हजार १ सयसमेत बुझाएका छन् ।

बिरामी बालक प्रजाको आमा सानुमायालाई रकम बुझाउन कांग्रेस मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, नेपाल तरुण दल ४ नम्बर क्षेत्रीय सभापति एवं मनहरी गाउँपालिका–७ का वडा अध्यक्ष ठाकुर तितुङ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारीलगायतको उपस्थिति थियो ।