अपडेट : एसपीको निधन, सिडिओलाई हेलिकप्टरबाट काठमाडौँ लगिँदै

२०७५, १२ माघ शनिबार २२:२५

बारा । शसस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको केहीबेर अघि भएको सवारी दूर्घटनामा परी निधन भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार सवारीसाधन दूर्घटना हुँदा सोही सवारीसाधनमा रहेका सशस्त्र बलका एसपी पोखरेलको  निधन भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पताल लगिएको थियो ।  प्रजिअ भट्टराइको अवस्था पनि चिन्ताजनक रहेको छ । प्रजिअ भट्टराईको थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

को हुन् पोखरेल ?

हेटौंडाको सदरमुकाम सुरक्षा बेशमा रहँदा उनी डिएपी थिए । काठमाडौँको सितापाइला घर भएका पोखरेलले अस्थायी संरचनामा बसेको सशस्त्रको बेशलाई स्थायी बनाउन त्यतिबेला उनैको नेतृत्वमा जग्गाको व्यवस्था भएको थियो । भुकम्पका बेला उनी सक्रियतापूर्वक राहत तथा उद्धार कार्यमा समेट खटिएका थिए । हेटौंडाको कर्रा पुलभन्दा भित्रपट्टी उनै पोखरेलले सशस्त्रको बेश खडा गरेका थिए ।