सिडिओ चढेको गाडी दूर्घटना, एसपी पोखरेलको मृत्यु

२०७५ माघ १२,शनिबार २१:५०

बारा ।  बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार गाडी दुर्घटना भएको छ । सो दुर्घटनामा परी शसस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ ।

कर्मचारी मिलन केन्द्रले आयोजना गरेको पिकनिकबाट फर्कदै गर्दा गाडी दुर्घटनामा परेको हो । दूर्घटनाबारे बारा प्रहरीले पुष्टि गरेको छ । सिडिओ भट्टराइको भने उपचार भइरहेको छ ।