नेपाल रेडक्रस उपशाखा छतिवनको २३ औं साधारणसभा सम्पन्न

२०७५ माघ १२,शनिबार १५:०५

मकवानपुर १२ माघ । नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २३ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति तथा प्रदेश नं. ३ का मुख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेको सभादक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै न्यौपानेले रेडक्रस मानवीय संस्था भएकोले यसले मानवीय मर्म बुझेर मात्र काम गर्नुपर्ने बताए । राहत उद्दारको काममा रेडक्रस सदैव क्रियाशिल हुनुपर्नेसमेत उनको धारना रहेको थियो ।

कार्यक्रममा उपशाखा सभापति भरतप्रसाद सापकोटाले प्रगती प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सुनिल दर्लामीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका मकवानपुर शाखा कोषाध्यक्ष पिताम्बर बास्तोला, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, बकैया–४, का वडा अध्यक्ष राजन दङ्गाललगायतको उपस्थिति रहेको थियो ।

४ सय १५ आजिवन सदस्य रहेको रेडक्रस उपशाखा छतिवनले मासिक आँखा शिविर, भुकम्प प्रतिकार्य तथा मौसम मापनको नियमित कार्य गर्दै आइरहेको छ ।