हिमपात भएपछि शनिबार बिहानैबाट सिम्भञ्ज्याङ जाने पर्यटकको लर्को

२०७५ माघ १२,शनिबार ०८:३०

मकवानपुर १२ माघ । मकवानपुरको उत्तरीक्षेत्र सिम्भञ्ज्याङमा हिमपात भएपछि मकवानपुर र बाहिर जिल्लाका पर्यटकहरुको आवागमन बढेको छ । हिमपात भएसंगै अहिले दामन, पालुङ, सिम्भञ्ज्याङ, शिखरकोट लगाएतका वासिन्दाको जिवन केहि कष्टकर पनि बनेको छ ।

उत्तरीक्षेत्रस्थित संचारकर्मीहरुका अनुसार निकै बर्षपछि ठूलो हिमपात भएको छ । हिमपात पश्चात हिजोनै आन्तरिक तथा बाह्य पर्यटकको घुईचो सिम्भञ्ज्याङ्मा देखिएको थियो । आज शनिवार पनि भएकोले बिहानैबाट हिउँ खेल्न सिम्भञ्ज्याङ जानेको लर्को लागेको छ । हिउँले सिम्भञ्ज्याङ् निकै मनमोहक देखिएको छ ।

सिम्भञ्ज्याङमा बर्षेनी हिमपातको समयमा पर्यटकहरुको घुईचो लाग्ने गर्दछ तर हिमपातको समयमा अन्य समयको तुलनामा पर्यटकहरुलाई त्यहाँका व्यापारीहरुले खाध्यान्न तथा आवासका लागि महँगो शुल्क असुल्ने गरेको पर्यटकहरुको गुनासो समेत आईरहेको छ ।