सुनिल र एलिशा फिचर्ड खुचिङ माया सार्वजनिक ( भिडियो सहित)

२०७५, ११ माघ शुक्रबार १६:२३

मकवानपुर ११ माघ । हिजोआज नेपाली गीत संगीतमा निकै परिवर्तन आएको छ गीत अब सुन्ने मात्रै होइन हेर्ने पनि भएको छ । नयाँ–नयाँ थिम र कन्स्पेटमा भिडियो निर्माण भै राखेका छन् । केही दिन अघि यस्तै एउटा रमाइलो गीत खुचिङ माया सार्वजनिक भएको छ ।

पेशाले फिजिक्सका लेक्चरर प्रदिप पाण्डे म्युजिकमा निकै रुचि राख्छन । गीत संगीतलाई आफ्नो प्यासन बताउने गायक पाण्डेले यसअघि ओ सानी बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । यसपटक गायिका मेलिना राईको साथमा खुचिङ माया बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छ्न ।

यस गीतमा शब्द, संगीत स्वयं गायक प्रदिप पाण्डेको रहेको छ । गीतको एरेन्जमेन्ट आशिष अविरलले गरेका हुन । गीतको भिडियोमा सुनिल क्षेत्री, एलिशा शर्मा र ओशन बास्तोलाको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन र कन्स्पेटमा गीतको भिडियो निर्माण भएको हो ।