झुरझुरे भिडन्तका घाईतेलाई सम्मान

२०७५ माघ १०,बिहीबार १०:४६

मकवानपुर १० माघ । मकवानपुरको पूर्वी क्षेत्र झुरझुरेमा भएको भिडन्त १३ औं बर्ष प्रवेश गरेको अवसरमा सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ स्थित झुरझुरेमा कार्यक्रम आयोजना गरि घाईते भएकालाई सम्मान तथा सहादत प्राप्त गरेका काशीनाथ लामिछाने लगायतलाई श्रद्धाञ्जली प्रदान गरिएको हो ।

झुरझुरे सहीद पार्क समितिले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख अतिथ्य तथा प्रदेश नम्बर ३ का सांसद प्रेमबहादुर पुलामीको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा भिडन्तका घाईतेहरु बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जीवन गोले, सुमन पाख्रिनलगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको नेकपाका नेता कमानसिं पाख्रिनले जानकारी दिए ।

नेकपाका स्थानीय नेता हस्तबहादुर थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती गाउँपालिकाकी उपाध्यक्ष धनमायाँ स्याङ्तान, नेकपाका स्थानीय नेता ज्ञानसागर लामा, जयबहादुर वाईबा, सहिद कल्याणकी श्रीमती भगवती लामिछाने लगायतको आतिथ्य रहेको थियो ।