“टुर दि फापरबारी–२०१९” हुने

२०७५ माघ ९,बुधबार १७:२१

हेटौँडा,९ माघ । हेटौँडा राईडर्स क्लबको आयोजनामा हेटौँडाबाट बाग्मती गाउँपालिकाको फापरबारीसम्म “टुर दि फापरबारी–२०१९” हुने भएको छ ।

बुधबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ११ र १२ गते “टुर दि फापरबारी–२०१९” हुने आयोजकले जानकारी दिएको हो ।

माघ ११ गते बिहान हेटौँडाबाट सुरु हुने यात्रा माघ १२ गते हेटौँडामा फर्किएर यात्रा समापन गरिने आयोजकले जानकारी दिएको छ ।

क्लबका अध्यक्ष विकास ताम्राकारको सभादक्ष्यतामा भएको कार्यक्रममा हेटौँडा राईडर्स क्लबका सस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरी, सानिमा लाईफ इन्सुरेन्सले ब्राण्डका म्यानेजर निरज ढकाल तथा सञ्चारकर्मीहरुको उपिस्थति रहेको थियो ।

कार्यक्रममा सानिमा लाईफ इन्सुरेन्सले प्रत्येक राईडरको दुई लाख रुपैँया बराबरको दुर्घटना विमाको सम्झौता समेत गरिएको थियो । “टुर दि फापरबारी–२०१९” मा करिब १ सय ५० साइकलयात्री सहभागि हुने समेत जनाएको छ ।