मकवानपुरको चखेलमा करेन्ट लागेर १ जना गम्भिर घाइते

२०७५ माघ ९,बुधबार १६:५४

मकवानपुर ९ माघ । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को चखेल मकैबारीस्थित सडकमा आज बिहान करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका रामकृष्ण कार्की रहेका छन् ।

मोटरसाइकलमार्फत मकैबारी जाँदै गर्दा ११ हजार लाइनको तार बाटोमा लछारिएको देखे पछि पन्छ्याउन खोज्दा करेन्ट लागेको स्थानियले बताएको छ । कार्कीको अहिले पाटन अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ ।