दामनमा हिउँ पर्यो, पर्यटकहरुको चहलपहल बढ्दो

२०७५ माघ ९,बुधबार ११:५८

मकवानपुर, ९ माघ । मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ् र दामनमा आज हिमपात भएको छ । विहानदेखि हिमपात सुरुभएको स्थानिय बासिन्दाले जानकारी दिएको छ ।

मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित दामन , सिमभञ्ज्याङ् लगायतका स्थानमा हिमपात सुरु भएसंगै पर्यटकहरुको चलपहल पनि बढेको छ । दामनमा हरेक वर्ष हिमपात भएको बेला आन्तरीक पर्यटकहरुको उल्लेखनिय आवगमन हुने गर्दछ ।