मकवानपुरको पदमपोखरीमा सोनाम ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

२०७५, ८ माघ मंगलवार १५:३०

हेटौंडा, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंं. १३, पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रमको हुने भएको छ ।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि यही माघ २५ गते कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने आयोजक समितिकी संयोजक संगीता वाईवाले जानकारी दिएकी छिन् । कार्यक्रमको लागि १३ वटा उपसमिति समेत निर्माण गरिएको उनको भनाई रहेको थियो ।