हेटौँडामा फागुन १६ गतेदेखि औद्योगिक व्यापार मेला हुने

२०७५, ८ माघ मंगलवार १२:१८

हेटौँडा, ८ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा राष्ट्रिय व्यापारमेला २०७५ हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडाको क्याम्पा डाँडामा आगामी फागुन १६ गतेदेखी २६ गतेसम्म मेला हुने जानकारी दिएको हो ।

मेलामा मकवानपुरे उत्पादनलाई धेरै प्रोत्सहान गरिने समेत मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।मेलामा ४ सय वटा स्टलहरु रहने समेत आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

मेलामा ५ लाख जनाले अवलोकन गर्ने अनुमान लिईएको समेत अध्यक्ष कटुवालले बताए । मेलाको लागि एक करोड ३३ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । मेला अवधिभर ५० करोड रुपैँयाको कारोबर हुने समेत आयोजकले जनाएको छ । मेलामा कृषि लगायत अटो, हस्तकला, होटल, खाद्यन्न, कपडा लगाएतको स्टलहरु रहने आयोजकले जनाएको छ ।