पश्चिमी मकवानपुरमा ठकुरी सजमा गठन

२०७५ माघ ६,आईतवार १२:३३

हेटौंडा, ६ माघ । मकवानपुरको पश्चिमी क्षेत्रमा ठकुरी समाज गठन भएको छ । कैलाश र राक्सिराङ गाउँपालिकामा बसोबास गर्दै आएका ठकुरीहरुको भेलाले कमिटि गठन गरेको छ । शनिबार राक्सिराङमा भएको भेलाले प्रकाश रंगालीको अध्यक्षतामा कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा गोमा शाह, सचिव दिपेन्द्र मल्ल, कोषाध्यक्ष जीवन ठकुरी, सह–सचिव पुरन शाह रहेका छन् । सदस्यहरुमा मखली मल्ल, बिज्ञान बिक्रम मल्ल, अनिता शाह, सुमन ठकुरी, मिना ठकुरी र मान बहादुर ठकुरी रहेका छन् ।

कमिटि गठन कार्यक्रम राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको थियो ।