नेकपा अध्यक्ष प्रचण्डले गरे बागमती गाउँपालिकाको १४ कोठे भवन उद्घाटन

२०७५ माघ २,बुधबार १६:५०
फाइल फोटो

मकवानपुर २ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बागमती गाउँपालिका आएका छन् । उनी आज हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिकामा आएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ झुरझुरेमा सहिद पार्कको शिलान्यास, ८९ लाखमा निर्माण गरिएको १४ कोठे भवनको उद्घाटन, आजबाट सुरु भएको बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको नेकपाका नेता कमानसिं पाख्रिनले जानकारी दिए ।

पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा रहेके बागमती गाउँपालिका भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बागमती गाउँपालिका ऐतिहाँसिक स्थल रहेको बताए ।
माओवादी युद्धकालमा फापरबारीको लडाई आफ्नो मानसपटलमा अझैपनि ताजा रहेको भन्दै उनले बागमती गाउँपालिकालाई हरेक प्रकारको सहयोग रहने बताए ।

बागमती गाउँपालिकामा ८० प्रतिशत जनताहरुको जमिनको पुर्जा नरहेको आफुले जानकारी पाएको भन्दै प्रचण्डले लालपुर्जा दिने सवालमा आफ्नो महत्वपूर्ण सहयोग रहने बताए ।

कार्यक्रममा प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्ेल, सामजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको आतिथ्यता रहेको थियो ।