तीन वर्षदेखि जग्गा बाँझो राख्नेलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान

२०७५ माघ २,बुधबार १३:२३

मकवानपुर २ माघ । सरकारले लगातार तीन वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ ।

संसदमा सोमबार दर्ता गरिएको भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्नेलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ ।

विधेयक पारित भएपछि आफ्नो जग्गा बाँझो राख्नुपर्ने भए स्थानीय तहमा यसको कारणबारे जानकारी दिनुपर्नेछ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपी मैनालीले भने, ‘यसले कृषि उत्पादनमा कम आयो । भू–उपयोग पनि पूर्ण रूपमा हुन सकेन । त्यसैले बाँझो राख्नेलाई कसुर मानिने व्यवस्था ल्याउनु परेको हो ।’